पशुपतिनगर प्रहरी चौकी भवनको उद्घाटन

लुम्बिनी पत्र ।गेरूवा गाउँ पालिकाकोको कार्यालयको सहयोगमा गाउँपालिकाको केन्द्र गेरूवा ५ पथरैयामा नवनिर्मित पशुपतिनगर प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ।  समुदाय प्रहरी साझेदारी अन्तर्गत नवनिर्मित चौकी भवनको बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले पुस २ गते शनिबार  उद्घाटन गरेका हुन्।
गेरूवा गाउँपालिका कार्यालयको  १६लाख अनुदान सहयोग र स्थानीय जन सहभागिता  ३लाख ४हजार ४२३ गरी जम्मा १९लाखको लागतमा    सहयोगमा उपभोक्ता समितिले प्रहरी चौकी भवन निर्माण गरेको हो । ३ कोठे भवनमा कार्यालय, व्यारेक, मेष र शौचालय रहेको छ ।
कार्यक्रममा प्रजिअ प्रेम लाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, गेरूवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत काशी प्रसाद पंगेनी लगायतले मन्तब्य ब्यक्त गर्दै प्रहरी चौकी स्थापनाले पथरैया का नागरिक,जनप्रतिनिधि,कर्मचारी सबैले सुरक्षाको अनुभूति गरी विकासले गति लिने विश्वास व्यक्त गरे। उनीहरूले चौकी स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका गेरूवा ४ घर भई हाल गृहमन्त्रालयमा सूचना अधिकारी रहेका उमाकान्त अधिकारीलाई धन्यवाद समेत दिए। गेरूवा गाउँपालिकाकी उपाध्यक्ष हिमा चौधरी, वडा अध्यक्ष हरु टेक बहादुर चौधरी, दया राम वैद्य, खुसीराम चौधरी,  राष्ट्रिय अनुसन्धान कार्यालय बर्दियाका उप अनुसन्धान निर्देशक योगेन्द्र केसी, सशस्त्र प्रहरी उपरीक्षक यादव बि क,  लुम्बिनी पत्र दैनिकका प्रकाशक यम घिमिरे, गेरूवा कर्णाली पोष्टका  सन्तोष पौडेल कान्तिपुर दैनिकका उप संपादक कमल पन्थी लगायत उपस्थित थिए ।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न