इन्सेकले वर्दियामा वार्षिक सम्पादन पूर्व समीक्षा कार्यकम सम्पन्न

लुम्बिनी पत्र। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बर्दियाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को  वार्षिक सम्पादन पूर्व समीक्षा कार्यकम  सम्पन्न गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने को प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल, प्रहरी निरीक्षक नर बहादुर खड्का, बर्दिया जिल्ला बारका सचिव लक्ष्मी  नेपाल, लुम्बिनी पत्रका प्रकाशक सम्पादक यम घिमिरे कार्यकममा  प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक बर्दियाका जिल्ला प्रतिनिधि मान बहादुर चौधरीले  सन् २०१९ जुन देखि डिसेम्बरसम्म ९८ वटा घटना लिपिबद्ध गरेको र सो घटनाबाट १ सय २५ जना पीडित भएको जानकारी दिए।  इन्सेकको तथ्याङ्कमा  २०१९मा वर्दियामा गैर राज्य पक्ष व्यक्तिबाट ६वटा महिलाको हत्या र १ पुरुष, १ बालिका र १बालकको हत्या प्रयास भएको   देखिन्छ। प्रतिवेदन अनुसार बलात्कार २४ वटा  र बलात्कार तथा बलात्कारको प्रयास यौन दव्र्यवहारमा ४४ वटा भएको देखिन्छ । सन् २०१९ मा मानव बेचबिखन तथा ओसार पसार तथा वेचविखन को घटना ४,महिला माथि भएको दुर्व्यवहार घरेलु हिंसाको घटना ९, सम्पति क्षति १, बहुविवाह४,बालविवाह १, कुटपीट को घटना १ र धम्कीको घटना १वटा घटेको देखिन्छ।   ९८घटनामा १२५ पिडित मध्ये ५५महिला, ४७बालिका,३ पुरुष र १बालक रहेको चौधरी ले बताए। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न