ट्राफिक चेकजाँच कडाइले बर्दिया मा राजश्व बढयो

लुम्बिनी पत्र । ट्राफिक प्रहरी कार्यालय बर्दियाले सवारी चेकजाँचमा कडाइ तथा सचेतना अभियानलाई प्रभावकारी रूपले सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख राजेश नाथ बास्तोलाको नियमित समन्वयमा चेकजाँचमा कडाइ गरिएका कारण राजश्व संकलन बढेको छ भने  समुदाय प्रहरी साझेदारी अन्तर्गत संचालन गरिएका ट्राफिक सचेतनाका कार्यकमहरुले दुर्घटना न्यूनीकरण मा सघाउ पुगेको छ। । बर्दिया ट्राफिक प्रहरीले सवारी चेक जाँचमा कडाइ गर्दा गत आर्थिक वर्ष ०७५ /०७६मा १४हजार १ सय ९४ सवारीसाधनमा कारबाही गरी ७८लाख ८०हजार राजश्व संकलन गरेको छ।   चालू आर्थिक वर्षको साउनमा १०४८ सवारी कारबाही गरी ६लाख ६हजार, भदौमा १०२९ सवारी कारबाही गरी ५लाख ८३ हजार,असोजमा ९४९ सवारीसाधन कारबाही गरी ५लाख ४१हजार ५०० र कार्तिकमा १००५ सवारीसाधन कारवाही गरी ५लाख ४९हजार ५०० रुपियाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमूख मल्लले बताए। काठमाडौं a२०७६ वैशाख १७ गते जिल्ला ट्राफिक प्रमुखका रूपमा मल्ल आए यता राजश्व संकलन बढ्नुका साथै  दुर्घटना न्यूनिकरणका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत ट्राफिक सचेतनाका कार्यकमहरु पनि प्रभावकारी रूपमा सञ्चालन भएको देखिन्छ। गुलरिया तथा राजापुर भन्सार कार्यालय संग निरन्तर समन्वय र सहकार्य गरि जिल्ला ट्राफिकले अनटेस्ट मोटरसाईकल र अन्य सवारीसाधनको  चेक जांचलाई पनि कडा पारेको छ ।
चेकजांज कडा पारेर मात्र नपुग्ने भएकाले ट्राफिक कार्यालयले नगरपालिका र गाउपालिकाहसंघ–संस्था,विद्यालयहरुसँग सहकार्य गरि सचेतीकरणका कार्यक्रमहरु संचालन गरिरहेको  मल्ल ले बताए।  “हामी मालिक होइनौं, आम जनताका सेवक हौं । त्यसैले सहज आवागमन, सवारी दुर्घटना न्युनिकरण लगायतका कार्यमा सधैव शुद्ध र प्रतिबद्ध भई लाग्छौं ” उनले भने सीमित स्रोतसाधन र जनशक्तिका बाबजूद पनि  मुस्कान सहितको जनमैत्री, पारदर्शी सेवा आफुहरुले दिन पाएकोमा गौरव लागेको उनको भनाई छ । २०५९ जेठ ६ गुलरियामा स्थापना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको नाममा गुलरियामा  ३ कठ्ठा जग्गा भएपनि भवन निर्माण हुन नसकेकोले भाडाकै घरमा कार्यालय छ । हाल सानोश्री, मैनापोखर, ढोढरी, भुरीगाउँ, बाँसगढी, पाताभार, राजापुर र चेपाङमा गरि ८ स्थानमा अस्थाई ट्राफिक प्रहरी पोष्ट खडा गरेर ट्राफिक प्रहरीले सेवा दिइरहेको छ । १५ जनाको दरवन्दी भएपनि ठुलो क्षेत्र भएको बर्दियामा काज समेत गरि अहिले २५ जना जनशक्ति कार्यरत छन् ।   ट्राफिक प्रहरीले आर्थिक वर्ष ०७४ /०७५मा ९०९२ सवारी साधन कारबाही गरी ४९लाख ३४हजार ५०० र आर्थिक वर्ष २०७३/०७४ मा ९८४०सवारी साधनहरुलाई कारवाही गरि जरिवाना स्वरुप ५६ लाख बराबरको राजस्व संकलन गरेको  ट्राफिक प्रहरी कृष्ण डाँगीले बताए । 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न