बर्दियामा मंसिर २६ देखि पौष २ गतेसम्म भव्य रूपमा ट्राफिक सप्ताह मनाइने

लुम्बिनी पत्र। बढिरहेको दुर्घटना न्यूनिकरणका लागि सबैमा जनचेतना जगाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बर्दियामा ट्राफिक सप्ताह भव्य र सभ्य रूपमा मनाउने भएको छ।  समुदाय प्रहरी साझेदारी कार्यकम अन्तर्गत मंसिर २६ गते देखि पौष २गतेसम्म सप्ताहव्यापी रूपमा विविध कार्यकम गरी ट्राफिक सप्ताह मनाउने कार्यकम तय भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र बहादुर मल्लले बताए।                                                २६ गते गुलारीयामा आठवटै स्थानीय तहका जनप्रतिनिधी, वडा अध्यक्ष, प्रजिअ,सञ्चारकर्मी, यातायात व्यवसायी,शिक्षक,विद्यार्थी लगायतको सहभागितामा  ट्राफिक सप्ताह उद्घाटन गर्ने कार्यकम तय भएको छ। मंसिर २७ गते ट्राफिक प्रहरी कार्य रत सबै यूनिट मा यात्रुबाहक सवारी चालकलाई सचेतना, २८ गते पैदल यात्रुहरुलाई सचेतना,२९ गते ट्रयाक्टर ट्रिपर ट्रक वालाहरुलाई सचेतना,३० गते चालक तथा सह चालकहरुको स्वस्थ परीक्षण, पौष १ गते मोटर साइकल अटो चालकलाई सचेतना र ई रिक्सा तथा रिक्सा  ट्रयाक्टर ट्रली मा रिफ्लेक्टर टास्नी कार्यकम छ। पौष २ गते कार्यकम समापन हुने छ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न