शीतलहरबाट आम मानिसलाई सुरक्षित बनाउन प्रभावकारी काम गर्न स्थानीय तहलाई अनुरोध
लुम्बिनी पत्र। जिल्ला विपद् व्यवस्थापन समितिले जाडो मौसममा हुने शीत लहर,वर्षा, हुस्सुबाट पर्ने असरबाट आममानिसलाई सुरक्षित बनाउन स्थानीय तह, स्वास्थ्य इकाई, प्रहरी इकाई तथा जिल्लास्थित सरोकारवालाहरुलाई विशेष कार्यकम बनाई कार्यान्वनमा ल्याउन निर्देशन दिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रजिअ प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको बैठकले शीत लहरबाट सर्वसाधारणलाई जोगाउन उच्च जोखिममा रहेका नागरिकको तथ्याङ्क लिने र प्रशासनिक एव सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज ,सङ्घ संस्था सबैको सहयोगमा प्रभावित जनतामा आवश्यकताअनुसार न्यानो कपडा ,औषधी, स्वास्थ्यकर्मी दाउराको व्यवस्थापन गर्न समेत स्थानीय तह सघ संस्थालाई निर्देशन दिएका छन्।
प्रजिअ लामिछानेले सरकारका सबै निकायहरु उच्च शतर्कता अपनाउने सम्वन्धमा समेत निर्देशन दिएका छन्। चिसो तथा शीतलहर पहिचान फाराम मार्फत प्रभावित पहिचान गरी राहत वितरणका लागि नामावली तयार गर्न, स्वास्थ संस्थाका कर्मचारीहरु लामो बिदामा नबस्न निर्देशन दिएको छ। बैठकले जिल्लाका व्यापारीहरुलाई कम्बल कम्बल स्टक राख्ने ब्यवस्था मिलाउन उद्योग वाणिज्य संघ मार्फत व्यापारीहरुलाई निर्देशन दिएको छ। बैठकले प्रतिवद्दता जनाए अनुसारका कम्बल तथा राहत सामग्री तयारी अवस्थामा राख्न रेडक्रस बर्दिया र युनिसेफ लाई अनुरोध गरेको छ। बैठकमा प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदी, ओमकार शाह, जिल्ला वनका सहायक वन अधिकृत द्रोणराज शर्मा, स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी कृष्ण गोपाल चौधरी, वाणिज्य संघका अध्यक्ष बिर बहादुर चौधरी, रेडक्रसका अधिकृत हरि के सी , जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्रका प्रमूख रुपन ज्ञवाली लगायतको उपस्थिति थियो ।बैठकमा जिल्ला आपातकालीन कार्य सञ्चालन केन्द्रका प्रमूख ज्ञवालीले पूर्व तयारीका सम्बन्धमा बैठकमा प्रतिवेदन प्रस्तुत गरेका थिए।

Comments
Post a Comment