ठाकुरद्वारामा भ्रमण वर्षको तयारी राम्रो र सशक्त
लुम्बिनी पत्र । प्रदेश ५ सरकार र उद्योग पर्यटन वन मन्त्रालय, प्रदेश स्तरीय पर्यटन प्रबर्धन समितिको आयोजनामा नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेशस्तरीय शुभारम्भ कार्यकमको ठाकुरद्वारामा राम्रो तयारी भएको छ। प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल ले उद्घाटन गर्ने कार्यकम को जिल्ला समन्वय समिति, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ प्रदेश समितिले सशक्त र राम्रो तयारी गरेको उद्योग,वन तथा पर्यटन मन्त्रालयका शाखा अधिकृत टुक राज पाण्डेले बताए। तयारी राम्रो भएको, बाटोघाटो मर्मत भएको, गेट मंच हरु बनाउने काम सम्पन्न भएको मन्त्रालयका अधिकृत घिमिरेले बताए।
सन् २०२० नयाँ वर्षकै दिनमा प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलबाट भ्रमण वर्ष शुभारम्भ हुने कार्यक्रमको तयारीका लागि प्रदेश स्तरीय पर्यटन समितिका सहसंयोजक माधव नेपाल, प्रदेश वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख महेन्द्र वाग्ले कार्यकम स्थल ठाकुरद्वारामा पुगी तयारीका अवस्था बारे जानकारी लिएका छन्। ठाकुरद्वाराका पर्यटन तथा होटल व्यवसायी समेत उत्साहित भई राम्रो तयारी गरेको बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने ले बताए।उनका अनुसार भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई सफल बनाउन स्थानीयस्तरबाट पनि पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा भव्य तयारी गरिएको छ। ठाकुरद्वारामा शुभारम्भ गर्न लागेको भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रमलाई लक्षित गरी ठाकुरद्वारा मा थप प्रहरी परिचालन गरी शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाइएको बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए ।
भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन कार्यक्रमलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिले तयारी तीव्र पारेको छ ।शुभारम्भ कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक सङ्घसंस्थासँग समन्वय गरिएको समितिका सहसंयोजक माधव नेपालले बताए। शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन जिल्लाका आठवटै स्थानीय तहले पनि आ–आफ्नो स्थानबाट तयारी गरिरहेको ठाकुर बाबा नगर प्रमुख घन नारायण श्रेष्ठले बताए ।


Comments
Post a Comment