राम बहादुर बि क ले विप्लव परित्याग गरे

लुम्बिनी पत्र । मंसिर१२गते बर्दिया को राजापुर नगरपालिका वडा नम्बर ४ राजापुरबाट पक्राउ परी प्रहरी हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टी विप्लवका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राम बहादुर बि क ले विप्लव परित्याग गरी आत्मसमर्पण गरेका छन्। अछाम घर भई नेपाल कम्युनिस्ट पार्टी विप्लवका भेरी ब्युरो सदस्य र बर्दिया अध्यक्षको जिम्मेवारीमा समेत रहेका  बि क ले बर्दिया का प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी उपरीक्षक यादव बि क, राष्ट्रिय अनुसन्धान उपनिर्देशक योगेन्द्र के सी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल  लगायत सञ्चारकर्मी समक्ष नेपाल कम्युनिस्ट पार्टी विप्लव परित्याग गरेको घोषणा गरेका हुन्। सामान्य जीवन बिताउने घोषणा गर्दै उनले विप्लव त्यागेका हुन । बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको  नियमित फोलोआप निर्देशनमा सादा पोशाकमा  जि प्र का बाट खटिएको  प्रहरीले पक्राऊ गरेको थियो। अछाम कुर्माखान गाउँपालिका वडा नं.४ बस्ने बर्ष २९का बि क अखिल क्रान्तिकारीका बर्दिया जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका थिए।
लुकीछिपी बसेको अवस्थामा राजापुर नगरपालिका वडा नं. ४ बाट जिल्लाप्रहरी कार्यालयबाट साधा पोषाकमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई विहीबार साँझ ५ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप अनुसन्धान गरिरहेको थियो।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न