बर्दियाको राजापुरमा पुस २८ देखि माघ ८ सम्म बर्दिया माघी महोत्सव
लुम्बिनी पत्र। समृद्ध बर्दियाको प्रमुख आधार व्यापार,कृषि, पर्यटन संस्कृति र पूर्वाधार भन्ने मूल नाराका साथ खाद्यान्न उत्पादनमा अग्रस्थानमा रहेको राजापुरमा बर्दिया माघी महोत्सव हुने भएको छ। बर्दियाको राजापुरमा पुस २८ देखि माघ ८ सम्म महोत्सव गर्न लागेको आयोजक बर्दिया उद्योग बाणिज्य संघ राजापुरका अध्यक्ष कृष्ण रेग्मीले बताए। पुस ६ गते संघ परिसरमा पत्रकार सम्मेलन गरी कृषि,पर्यटन विकास र एतिहासिक क्षेत्रको जगेर्ना गर्न र सबै क्षेत्रमा राजापुरलाई अग्रस्थानमा ल्याउन र गरीब विद्यार्थी छात्रवृति कोष स्थापन गर्न महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रेग्मीले बताए । रमणीय पर्यटकिय स्थल, प्राचीन बजार, मठ मन्दिर समेत रहेको विविध येतिहासिक सांस्कृतिक विविधताले भरिपूर्ण राजापुरमा बर्दिया महोत्सव हुन् लागेको यस क्षेत्रका स्थानीय व्यापारी खुसी छन्। बर्दिया उद्योग वाणिज्य संघ का अध्यक्ष रेग्मीको नेतृत्वमा हुन् लागेको महोत्सव सफल पार्न आफूहरुले तन्,मन,धन दिएर सहयोग गर्ने उपाध्यक्ष चन्द्रेश्वर सुवेदी,सचिव केदार थापा, कोषाध्यक्ष गंगाराम चौधरी, कार्यसमिति सदस्य सुनिल दहित, विशेष सल्लाहकार सूर्य केसी प्रतिवद्धता जनाएका छन्।

Comments
Post a Comment