चिनियाँ तथा हलिउड फिल्म अभिनेत्री तथा सद्भाभाव दूत सु चिङ बर्दिया पुगिन्
लुम्बिनी पत्र
लुम्बिनी पत्र। प्रख्यात चिनियाँ तथा हलिउड फिल्म अभिनेत्री तथा भिजिट नेपाल २०२० की सद्भाभाव दूत सु चिङ( Xu_Qing =Summer Qing) बर्दिया पुगेकी छिन्।
नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी चिनियाँ अभिनेत्री सु चिङ मङ्सिर २१गते शनिबार सद्भावना दूतको रूपमा बर्दिया पुगेको र सुरक्षा प्रबंध मिलाइएको बर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए।
बर्दियामा रहेका प्रमुख पर्यटकीय गन्तव्य ठाकुरद्वारा, कृष्णसार, खाता जैविक मार्ग, बढैयातालको प्रचार प्रसार गर्न चिङले ती क्षेत्र भ्रमण गर्ने कार्यकम रहेको सदभाव दूतलाई बर्दिया ल्याएका युवा समाजसेवी एवम ने क पा बर्दियाका जिल्ला सदस्य हरिश देव गौतमले बताए। भृकुटीको छोरी चिङले नेपाल आफ्नो मावली भएकाले मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्ने छिन्।
अभिनेत्री छिङले नेपाल-चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै आएकी छिन्। ‘बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा खुसी छु,’ उनले भनिन्।
सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री छिङ चिनियाँ सामाजिक सञ्जाल वैबोमा चर्चित मानिन्छिन् । उनलाई २०१५ मा रिलिज भएको ‘मिस्टर सिक्स’ नामक फिल्मबाट बढी स्मरण गरिन्छ । उनले सो फिल्मबाट आधा दर्जनभन्दा बढी उत्कृष्ट अभिनेत्रीको एवार्डसमेत जितेकी थिइन् । उनी चिनियाँमात्रै नभई हलिउडसहित दर्जन बढी फिल्म, टेलिशृंखला आदिमा सशक्त अभिनय गरिसकेकी छिन् । उनले १३ औं एसियन फिल्म फेस्टिभलमा हिडन म्यान फिल्मबाट उत्कृष्ट सहायक कलाकार लगायत दर्जनबढी अवार्ड हात पारिसकेकी छिन् ।

Comments
Post a Comment