जनगणना बारे जिल्लास्तरीय अन्तर्क्रिया तथा छलफल कार्यकम
लुम्बिनी पत्र। तथ्याङ्क कार्यालय बाँकेले राष्ट्रिय जनगणना २०७८को तयारी सन्दर्भमा जिल्लास्तरीय अन्तर्क्रिया तथा छलफल कार्यकम गुलरियामा आयोजना गरेको छ। मेरो गणना,मेरो सहभागिता भन्ने मूल नाराका साथ मंसिर १७ एकदिने जिल्ला स्तरीय अन्तर्क्रिया तथा छलफल कार्यकम आयोजना गरिएको हो। प्रजिअ प्रेमलाल लामीछानेको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख शंकर थारुको प्रमुख आतिथ्यतामा सो कार्यकम भएको हो। कार्यकममा तथ्याङ्क कार्यालय बाँकेका प्रमुख दान बहादुर एडीले संघीय संरचना राष्ट्रिय जन गणना २०७८को तयारी , प्रस्तावित प्रश्नावली तथा अपेक्षित सूचकहरु र अवसर तथा चुनौतीहरू विश्येमा कार्यपत्र प्रस्तुत गरेका छन्। संघीय ढाँचा अनुसार राष्ट्रिय जन गणना २०७८को सञ्चालन र व्यवस्थापनका विषयमा जिल्ला तथा स्थानीय तहका सरोकारवालाहरुको राय तथा सुझाव संकलन र आगामी जनगणनाको बारेमा प्रचार प्रसार तथा पैरवी गर्ने उद्देश्यले कार्यकम आयोजना गरिएको तथ्याङ्क कार्यालय बाँकेका सुपरिवेक्षक हरि भक्त गौतमले बताए। कार्यकममा गुलरिया नगर उपप्रमुख सुशीला गिरी, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, जिल्ला समन्वय अधिकारी नारायण पाण्डे, राजनैतिक दलका प्रमुख तथा प्रतिनधि, सञ्चारकर्मी, संस्थाका प्रमुख तथा प्रतिनिधिहरु,राष्ट्रसेवक हरुको सहभागिता छ। कार्यकममा कार्यालयका तर्फबाट तथ्याङ्क कार्यालय बाँकेका खरीदार मान बहादुर विष्ट, गणक अमरसिंह चौधरी, कार्यालय सहयोगी सञ्जय कुमार गुप्ता,हलुका सवारी चालक नवराज रेग्मी समेतको उपस्थिति छ।

Comments
Post a Comment