नागरिक पश्चिमेलीका स्थानीय सम्पादक कमल खत्री पुरस्कृत


लुम्बिनी पत्र । नागरिक पश्चिमेलीका स्थानीय सम्पादक कमल खत्री भ्रष्ट्राचार विरुद्ध काम गर्दै आएको बागेश्वरी असल शासन क्लब(बास)ले हरेक वर्ष प्रदान गर्दै आएको बास ब्राइटल्यान्ड युवा पुरस्कार २०१९ बाट पुरस्कृत भएका छन्। भेरी प्राविधिक शिक्षालयमा मंसिर २३ मंगलबार भएको कार्यक्रममा खत्री सम्मानित भएका हुन् । भ्रष्ट्राचार विरुद्धको अन्तराष्ट्रिय दिवस तथा बासको १९औ वार्षिकोत्सवको अवसरमा भएको इन्टिग्रिटी फेस्टिवल खत्रीलाई राष्ट्रिय सुचना आयोगका प्रमुख सुचना आयुक्त कृष्ण हरि बास्कोटा, बासका अध्यक्ष रमेश सिटौला, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, बासका निर्देशक नमस्कार शाह लगायतले अवार्ड प्रदान गरेका थिए । नागरिककर्मी खत्रीले अनुसन्धानमुलक समाचारको माध्यमबाट भ्रष्ट्राचार न्युनिकरणमा योगदान गरेको भन्दै अवार्ड प्रदान गरिएको आयोजक बासले जनाएको छ ।
पत्रकार खत्रीले विगत ७ वर्ष देखि नागरिक दैनिकमा आवद्ध भएर भष्ट्राचार र अनुसन्धानमुलक समाचार खेल्दै आएका छन । असल शासन साप्ताहिकबाट पत्रकारिता सुरुआत गरेका खत्रीले नेपाल समाचारपत्र, न्युज २४, पश्चिम सरोकार लगायतका मिडियामा काम गर्नु भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट आमसंचार तथा पत्रकारितामा डिग्री गरेका खत्रीले पत्रकारितामा मार्फत सामाजिक विकासमा योगदान गरेकाले अवार्ड प्रदान गरिएको बासका निर्देशक एवम पुर्व अध्यक्ष नमस्कार शाहले बताए । यसैगरी कार्यक्रममा बासले राष्ट्रिय सुचना आयोगका प्रमुख बास्कोटालाई भ्रष्ट्राचार विरुद्ध काम गरेको भन्दै राष्ट्रिय सम्मान गरेको छ । कार्यक्रममा बासले वर्षभरी उत्कृष्ट काम गरेको भन्दै तिन जिल्लाहरुलाई पुरस्कार प्रदान गरेको थियो । कार्यक्रममा भ्रष्टाचार विरुद्ध नाटक, सांस्कृति प्रस्तुत र नृत्य प्रस्तुत गरिएको थियो ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न