ट्राफिक प्रहरीद्वारा चम्कने स्ट्रीकर लगाउने अभियान
लुम्बिनी पत्र। सवारी दुर्घटना न्युनीकरण गर्न बर्दियामा ट्राफिक प्रहरीले चम्कने स्ट्रीकर लगाउने अभियान सुरु गरेको छ। चिसो मौसममा बाक्लो मात्रामा हुस्सु लाग्दा हुने दुर्घटना रोकथाम गर्न ट्राफिक प्रहरीले ट्याक्टरको बयल गाडा, अटो रिक्सा, साइकलमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्ने अभियानलाई ब्यापकता दिएको छ ।
आजदेखि सञ्चालन भएको अभियानका क्रममा गुलरियामा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रहरी नायव उपरीक्षक विश्वराज खड्का, ट्राफिक प्रमुख लोकेन्द्र मल्ल,लायन्स क्लब अफ बर्दियाका अध्यक्ष माधव कुवर, पुर्ब अध्यक्ष शमनोज कुमार वर्मा, जिल्ला स्थित बिभिन्न प्रा.ली.का पदाधिकारीहरु,स्थानीय ब्यक्तित्वहरुले अटो रिक्सा , साइकल, बयल गाडामा रिफ्लेक्टर स्टिकर टाँसेका छन् । पुस ९ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दिया सामुदायिक सेवा केन्द्र र यस कार्यालयको आयोजना तथा लायन्स क्लब अफ बर्दियाको सहकार्यमा जिल्ला बर्दिया गुलरिया न.पा.०७ सहिदगेट स्थित राजापुर - नेपालगंज सडक खण्डमा हुस्सुका कारण हुनसक्ने सवारी दुर्घटनालाई न्युनिकरण गर्नका लागी अ.२०० ओटा सवारीसाधनका चालकहरुलाई सम्झाई-बुझाई तथा ट्रेकटर,ई-रिक्सा,टागा,गोरु गाडा,साईकलहरुमा चम्कने स्ट्रीकर लगाईएको छ। ‘बाक्लो हुस्सु लागेको बेला जथाभाबी रोक्ने हुँदा सवारी साधनमा अनिवार्य रिफ्लेक्टर स्टिकर राख्न लगाएका छौं, धेरैजसो ट्याक्टरले स्टिकर टाँसेका छन्,’ बर्दियाका ट्राफिक प्रहरी प्रमुख मल्लले लुम्बिनी सँग भने।
ट्राफिक प्रहरीका अनुसार चिसो मौसममा हुने अधिकांश दुर्घटना ट्याक्टर, अटो रिक्सा र जिपका कारण हुने गर्छन् ।
ट्याक्टरको ट्रलीमा रिफ्लेक्टर स्टिकर टाँसेपछि पछाडिबाट आउने अन्य सवारी साधनका चालकले सजिलैसँग देख्न सक्ने भएकाले दुर्घटना हुन पाउँदैन । जनचेतना मुलक कार्यक्रमबाट सवारी साधनमा आरक्षण सिट भए नभएको, लामो दूरीका सवारी साधनमा दुई चालक राखे नराखेको, मापसे तथा सवारी साधनको गति, अनटेस् मोटरसाइकल लगायतलाई चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कृष्ण डाँगीले बताए ।
‘जसले ट्राफिक नियम विपरितको काम गरेको छ, ती सवारी साधनको चालकसँग दुई मिनेट समय लिएर सम्झाउने गरेका छौं,’ ट्राफिक प्रमुख मल्लले भने । अभियानका क्रममा सर्वसाधारणलाई जेब्रा क्रसिङको प्रयोगबारे पनि जानकारी दिइएको उनले बताए ।


Comments
Post a Comment