सद्भावना दूत चिनियाँ अभिनेत्री सु चिङलाई बर्दियावासीका तर्फबाट स्वागत

लुम्बिनी पत्र। बर्दियामा पर्यटन प्रवद्र्धन गर्न बर्दिया पुगेकी नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत चिनियाँ तथा हलिउड अभिनेत्री सु चिङलाई  बर्दियावासीका तर्फबाट स्वागत गरिएको छ। प्रख्यात चिनियाँ तथा हलिउड फिल्म अभिनेत्री तथा भिजिट नेपाल २०२० की  सद्भाभाव दूत सु चिङ( Xu_Qing =Summer Qing) लाई बर्दियामा रहेको विश्वको प्रसिद्ध पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुञ्जमा स्वागत गरिएको छ।  बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अड्नथ बराल, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल थारु, लुम्बिनी पत्र दैनिकका प्रकाशक यम घिमिरे,नागरिक अगुवा बालकृष्ण वलीले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी चिनियाँ अभिनेत्री सु चिङलाई फूलमाला,अबिर, खादा ओढाई स्वागत गरे। जिल्लावासीको तर्फबाट सुचिङ लाई स्वागत गर्दै बर्दियाका प्रजिअ लामिछानेले  बर्दियामा रहेका  पर्यटकीय गन्तव्य ठाकुरद्वारा, कृष्णसार, खाता जैविक मार्ग, बढैयातालको भ्रमण  गरी चिनियाँ पर्यटक माझ प्रचार प्रसार गरिदिन आग्रह गरे। मंसिर २१गते शनिबार  सद्भावना दूतको रूपमा बर्दिया पुगेकी चिङ्लाई उचीत सुरक्षा प्रबंध मिलाइएको बर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए।
 सदभाव दूतलाई बर्दिया ल्याएका युवा समाजसेवी एवम ने क पा बर्दियाका जिल्ला सदस्य हरिश देव गौतमले भृकुटीको छोरी चिङले नेपाल आफ्नो मावली भएकाले  मावलीमा साथीभाइ र अरुलाई चिङले आग्रह गरेको बताए।
अभिनेत्री छिङले नेपाल-चीनबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै बुद्ध जन्मेको देशले मनाउन लागेको भ्रमण वर्षमा  बाघ, गैंडा, घडियाल गोही, डल्फिन लगायत जीवजन्तु संरक्षित बर्दिया निकुञ्जमा सद्भावना दूतका रूपमा बर्दिया आउन पाउँदा खुसी लागेको बताइन्। बर्दिया निकुञ्जमा जंगल सफारी गरी उनी आजै लुम्बिनी फर्किने छिन्।
सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री छिङ चिनियाँ सामाजिक सञ्जाल वैबोमा चर्चित मानिन्छिन् । उनलाई २०१५ मा रिलिज भएको ‘मिस्टर सिक्स’ नामक फिल्मबाट बढी स्मरण गरिन्छ । उनले सो फिल्मबाट आधा दर्जनभन्दा बढी उत्कृष्ट अभिनेत्रीको एवार्डसमेत जितेकी थिइन् । उनी चिनियाँमात्रै नभई हलिउडसहित दर्जन बढी फिल्म, टेलिशृंखला आदिमा सशक्त अभिनय गरिसकेकी छिन् । उनले १३ औं एसियन फिल्म फेस्टिभलमा हिडन म्यान फिल्मबाट उत्कृष्ट सहायक कलाकार लगायत दर्जनबढी अवार्ड हात पारिसकेकी छिन् । १ हजार ५ सय ६ भन्दा बढी चीनीया पर्यटन ब्यवासायिहरुको संगठन
चीनीया पर्यटन संगठनका अध्यक्ष लि पावहुवा  नेपालमा पर्यटनको संम्भाब्यता अध्ययनका लागी ३ सदस्यीय चीनीया पर्यटन ब्यवासायिको टोलीले गत वर्षको तिहार अघि नेपालका विभिन्न पर्यटकीय स्थल अवलोकन गरेको थियो।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न