७ न.वडामा पनि १६ दिने अभियान मनाइयो

लुम्बिनी पत्र । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा बिरुद्ध १६ दिने कार्यक्रममा  गु.न.पा.७ स्थित श्री हिमालय आधारभुत बिद्यालय चौगुर्जिको प्राङ्गणमा  २०७६साल मंसिर २० गते सम्पन्न भएको छ। वडा अध्यक्ष्य  गिता बस्नेतको अध्यक्ष्यता, गुलरिया उपमेयर शुसिला गिरिको प्रमुख आतिथ्यता र जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला तथा संबिधान सभा सदस्य बिना ज्ञवाली को बिशिष्ट आतिथ्यमा सो कार्यकम भएको हो।
कार्यकममा बिभिन्न संघ संस्थाका पदाधिकारीहरु लगायत सर्वसाधारण विद्यार्थी तथा शिक्षकहरु गरी ३०० जनाको उपस्थिती रहेको थियो।
कार्यकम जि.प्र.का.बर्दियाका प्र.उ.शराजेशनाथ बास्तोलाले लैङ्गिक हिंसा सम्बन्धी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.नि.लोकेन्द्र बहादुर मल्लले सडकको सही प्रयोग गर्ने तरिका सम्बन्धि बिषयहरुमा प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न