८ नम्बर वडा कार्यालय गुलरियाले सुरजपुरमा १६ दिने अभियान मनायो
लुम्बिनी पत्र ।समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ अन्तराष्ट्रिय महिला हिँसा विरुद्धको २८औं १६ दिने अभियान वर्दियाको गुलरिया नगरपालिका वडा ८ सुरजपुरमा सम्पन्न भएको छ। गुलरिया नगरपालिका मूल समारोह समिति महिला तथा बालबालिका शाखा,जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल कार्यालय ,८ नम्बर वडा कार्यालय,अन्तरपार्टी महिला सञ्जाल लगायतको आयोजनामा सो कार्यकम भएको हो। गुलरिया नगर उपप्रमुख शुसिला गिरीको प्रमुख आथित्यता र वडा अध्यक्ष धर्मेन्द्र बानियाँको अध्यक्षता मा सो कार्यकम भएको हो। कार्यकममा प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, सशस्त्र प्रहरी उपरीक्षक यादव विश्व कर्मा, राष्ट्रीय अनुसन्धान उपनिर्देशक योगेन्द्र के सी ,संविधान सभा सदस्य बिना ज्ञवाली, वडा अध्यक्ष गीता बस्नेत, अन्तर पार्टी महिला सञ्जालको संयोजक मोहन कुमारी फुयाल, कांग्रेस नेतृ मालती सोडारी लगायतले मन्तव्य दिँदै महिलाहरुलाई आर्थिक, शैक्षिक, राजनीतिक रुपले आत्मनिर्भर बनाउने कार्यकम सञ्चालन गर्न स्थानीय तह तथा वडा कार्यालयले चासो दिनुपर्ने बताए।कार्यकममा वडा सदस्यहरु, ओरेक नेपाल, माईती नेपाल, अन्तरपाटी महिला संजालका प्रतिनिधि लगायत स्थानिय समाजसेबी, भद्रभलादमी, नागरीक समाज, महिला संजाल, पत्रकार अन्य सरोकारवालाहरु समेत २५० जनाको उपस्थिति रहेको छ। “कार्यकममा लैंगिक बिभेद गर्न नहुने, यसको न्युनिकरण गर्न आम नागरीक सचेत हुनु पर्ने, बाल बिबाह, बहुबिबाह, लागु औषध नियन्त्रण, अवैध मालसामानहरु ओसार पसार गर्न नहुने, जघन्य प्रकृतीका अपराधहरु गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही हुने भन्ने बिषयमा सहभागीले धारणा राखेको कार्यकम सञ्चालक प्रसनी सरस्वती पौडेलले बताइन्।

Comments
Post a Comment