मेनका र मान बहादुर केन्द्रीय सदस्य भए

लुम्बिनी पत्र।प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल बीचको सहमतिले प्रेस संगठन नेपालमा मेनका चौधरी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज र मान बहादुर चौधरी केन्द्रीय सदस्यमा चयन भएका छन्। जिल्लाका पत्रकारहरुको भेलाले सर्वसम्मत निर्णयको आधारमा प्रेस संगठन नेपाल  केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जमा मेनका चौधरी र केन्द्रीय सदस्यमा मान बहादुर चौधरीको नाम अनुमोदन समेत गरेको छ। बर्दियाको संयोजकमा  डील प्रकाश गौतम र सह संयोजकमा भिम उचै ठकुरी चयन भएका छन्। जिल्लाका पत्रकारहरुको भेलाले सर्वसम्मत निर्णयको आधारमा गौतमलाई संयोजक र उचैठकुरी सह संयोजक भएका हुन।  जिल्लामा भएको भेलाले सात जनालाई प्रदेश सदस्यमा चयन समेत गरेको सह संयोजक भीम उचै ठकुरीले बताए। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न