पर्यटन प्रबर्द्धनका लागि पूर्व राष्ट्रपति यादव बर्दिया भ्रमणमा

लुम्बिनी पत्र।पूर्व राष्ट्रपति डा.राम वरण यादव मंसिर १८ गते दिउँसो बर्दिया आउँने कार्यकम छ।  बारबर्दियाको जयनगरमा रहेको सदाशिव बहुमुखी क्याम्पस भवन पूरा गराउनका लागि सहयोग जुटाउन मंसिर १९ गते आयोजना हुने महायज्ञ उद्घाटन गर्न पूर्व राष्ट्रपति यादव १८गते नै बर्दिया आउने लागेका हुन।  दिउँसो १ बजे यात्रु विमानबाट राँझा आउने राष्ट्रपति २ बजे खैरापुरमा रहेको कृष्णसार संरक्षण क्षेत्रको अवलोकन गर्ने कार्यकम छ। 
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति, पूर्व राष्ट्रपती डा. रामवरण यादव मंसिर १८गते दिउँसो २ बजे विश्वकै प्रमुख  पर्यटकीय क्षेत्र कृष्णसार संरक्षण क्षेत्र खैरापुर भिजिट गर्ने  कार्यकम रहेको छ। उहाँसँग भेट गर्न चाहने महानुभावहरु समयमै कृष्णसार संरक्षण क्षेत्र खैरापुर  पुग्न  समाजसेवी एवम् नेपाली कांग्रेस बर्दियाका कार्यवाहक सभापति मिश्रिलाल यादवले अनुरोध गरेका छन्।  पूर्व राष्ट्रपति डा. रामवरण यादवले मंसिर १८ गते अपरान्ह ३:१५ बजे अन्तराष्ट्रिय जैविक मार्ग खाता कोरिडोरको समेत अवलोकन गर्ने खाता समन्वय समिति बर्दियाका अध्यक्ष  बलिराम थारुले बताए।
खाता कोरिडर अवलोकन पछि सो दिन राष्ट्रपति बर्दिया राष्ट्रीय निकुञ्जमा बास बस्ने  १९ गते बिहान जंगल सफारी गर्ने कार्यकम छ। सदाशिव बहुमुखी क्याम्पसको भवन निर्माण कार्य पूरा गराउन सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञ को राष्ट्रपति  यादवले मंसिर १९ गते दिउँसो १ बजे उद्घाटन गर्ने कार्यकम रहेको मूल समारोह समिति का संयोजक विपिन पोख्रेलले बताए। मंसिर१९गते महायज्ञ देखि २६गतेसम्म सदाशिव क्याम्पस प्राङ्गणमा ज्ञान महायज्ञ गर्न लागिएको छ ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न