सादा जीवन उच्च विचार झल्कायाएर प्रहरीले काम गर्नुपर्छ : डी आइ जी शाह


लुम्बिनीपत्र । ५ नं. प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका कार्यालय प्रमुख  प्रहरी नायब महानिरिक्षक सुरेश बिक्रम शाहले देशप्रेम राखी   राम्रो विचार लिएर काम गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।  १२ गते शनिबार जिल्ला प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी  कार्यालय राजापुर, इलाका प्रहरी कार्यालय मैनापोखर लगायतका प्रहरी इकाईहरुको निरिक्षण हरि कार्यरत प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिँदै डी अाई जी शाहले राम्रो विचार,मिठो बाेलि बचन अनि निस्वार्थ भावनाले काम गर्न सुझाव दिए ।   हरेक कुरामा सादा जीवन उच्च विचार झल्कायाएर काम गर्नुपर्ने बताउँदै उनले  एउटा देशप्रेमि भित्र मान्छे नामले हाेइन बल्कि कामले ठुलो हुनुपर्ने बताए । प्रहरी नायब महानिरीक्षक  शाहले बर्दियाको सुरक्षा अवस्था बुझ्दै नैतिकवान र इमान्दार भएर आफ्ना गतिविधि सञ्चालन गर्न प्रहरी अधिकारीलाई निर्देशन दिए।     निरीक्षणका क्रम मा  डी आई जी शाहले भौतिक अवस्था, प्रहरीको आवश्यक्ता लगायत बारे पनि जानकारी लिएका थिए ।  उनले बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी नायब उपरीक्षक विश्वराज खड्का संग जिल्लाको समग्र सुरक्षा अवस्था बारे छलफल    गरेका थिए।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न