पूर्व राष्ट्रपति डा.रामवरण यादव बर्दियामा
लुम्बिनी पत्र । पूर्व राष्ट्रपति डा.रामवरण यादव बर्दिया आइपुगेका छन्। राष्ट्रपतिलाई नेपालगञ्ज गुलरिया हुलाकी सडक खण्डको मानखोलामा प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रीय अनुसन्धान उपनिर्देशक योगेन्द्र के सी, प्रहरी निरीक्षक हिम बहादुर खत्री लगायतले पहिलो स्वागत गरेका हुन।
बारबर्दियाको जयनगरमा रहेको सदाशिव बहुमुखी क्याम्पस भवन पूरा गराउनका लागि सहयोग जुटाउन मंसिर १९ गते आयोजना हुने धन धान्यञ्चल महायज्ञ उद्घाटन गर्न पूर्व राष्ट्रपति यादव १८गते नै बर्दिया आएका हुन। सदाशिव बहुमुखी क्याम्पसको भवन निर्माण कार्य पूरा गराउन सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञको राष्ट्रपति यादवले मंसिर १९ गते दिउँसो १ बजे उद्घाटन गर्ने कार्यकम रहेको मूल समारोह समितिका संयोजक विपिन पोख्रेलले बताए। मंसिर१९गते महायज्ञ देखि २६गतेसम्म सदाशिव क्याम्पस प्राङ्गणमा धन धन्याँचल ज्ञान महायज्ञ गर्न लागिएको छ ।
दिउँसो १ बजे काठमाडौं बाट उड्ने भनेको यात्रु विमान मौसम खराबी र ट्राफिक जाम का कारण ३ बजे काठमाडौंबाट हिडी ३:४५ बजे मात्र राँझामा अवतरण भएको थियो।
पूर्व राष्ट्रपति यादवले ५ बजे कृष्णसार रहेको कृष्णसार संरक्षण क्षेत्रको अवलोकन र ५:३० बजे अन्तर्राष्ट्रिय जैविक मार्ग खाता कोरिडर को पनि भिजिट गर्ने कार्यकम छ। खाता कोरिडर अवलोकन पछि सो दिन राष्ट्रपति बर्दिया राष्ट्रीय निकुञ्जमा बास बस्ने र १९ गते बिहान जंगल सफारी गरी दिउँसो महायज्ञ उद्घाटन गर्ने कार्यकम छ।

Comments
Post a Comment