राजापुर बजारमा लैङ्गिक हिंसा बिरुद्ध प्रभातफेरी निकालियो

लुम्बिनी पत्र। समुदाय-प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाको विशेष कार्यक्रमको रुपमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान जारी छ। अभियानलाई ८ वटा स्थानिय तहका सबै वडाभित्र हिंसाबाट पिडित समुहलाई लक्षित गरी बर्दिया प्रहरीले सचेतनामुलक कार्यक्रम संचालन गर्दै आईरहेको छ। अभियान अन्तर्गत मंसिर २४ गते  बिहान ८:३० बजे जिल्ला प्रहरी कार्यालय बर्दिया, राजापुर नगरपालिका,अन्तरपार्टी महिला संजाल तथा अन्य सरोकारवाला संस्थाहरुको ब्यापक सहभागितामा  राजापुर बजारमा प्रभातफेरी निकालिएको छ।समानतको पुस्ता, बलत्कार बिरुद्ध एकेबद्धता” भन्ने मुल नाराका साथ राजापुर नगरपालिका बाट निकालिएको प्रभाफेरीमा प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, राजापुर नगर उप प्रमुख मनकाला चौधरी , राष्ट्रिय अनुसन्धान उप निर्देशक योगेन्द्र के सी, राजापुर नगरपालिकाका प्रशासन प्रमुख वसन्त मल्ल, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक मित्र बहादुर आचार्य , महिला विकास शाखा प्रमुख प्रतिभा महतरा,५ नम्बर वडा अध्यक्ष राम बहादुर चौधरी लगायतको सहभागिता थियो।  कार्यकम इलाका प्रहरी र कार्यालय राजापुर का प्रहरी, दलित महिला उत्थान सङ्घ, ओरेक नेपाल ,बाँके युनेस्को क्लब,बि ग्रुप,सुआहारा, कमैया महिला जागरण समाज संस्थाका प्रतिनिधि, महिला तथा बालबालिका शाखाका प्रतिनिधि,  जनप्रतिनिधिहरु, स्थानिय भद्रभलादमी, बुद्धिजिवि, पत्रकार, समाजसेवी, स्वयसेविकाहरु, बिद्यार्थी गरी जम्मा १००० जनाको सहभागिता रहेको थियो।  जनचेतनामूलक प्रभात फरीलाई सम्बोधन गर्दै राजापुर नगरप्रमुख मनकला चौधरीले  राजापुर नगरलाई लैङ्गिक हिंसा मुक्त नगर बनाउन आफू लागेको र सो अभियानमा सहयोग पुर्याउन सबैलाई आग्रह गरिन्। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न