फुटबल जित्ने खेलाडीहरुलाई सम्मान

लुम्बिनी पत्र। मधुवन नगरपालिकाले  फुटबल खेल जित्ने खेलाडीहरुलाई सम्मान गरेको छ । बर्दियाको बढैयातालमा सम्पन्न पालिकास्तरीय फुटवल प्रतियोगितामा  प्रथम भएका खेलाडीहरुलाई नगरपालिकाले सम्मान गरेको हो । खेलाडीहरुलाई प्रदेश सांसद कुलप्रसाद पोख्रेल ,मधुवन नगरप्रमुख गणेश बहादुर क्षेत्री, उपप्रमुख शुव रानी थारुले प्रशंसापत्र,नगद, खादा,अबिर सहित सम्मान गरेका हुन्।     
बढैयातालमा गत पुष ६ गते सम्पन्न खेलमा जिल्लाकै पालिकाहरु मध्येमा प्रथम हुँदै मधुवन नगरपालिकाले एक लाख राशी बराबरको पुरुस्कार जितेको थियो ।फुटवल खेलको फाईनलमा बाँसगढी नगरपालिकालाई ट्राइवेकरमा ३–२ले पराजित गर्दै मधुवन नगरपालिका प्रथम भएको थियो । बर्दियाको बढैयाताल गाउँपालिकाको कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा भएको प्रतियोगितामा मधुवनका क्याप्टेन प्रकाश विसि म्यान अफ द सिरिज घोषणा भएका थिए भने वेष्ट गोलकिपर मधुवन कै लक्ष्मण विसि भएका थिए भन बेष्ट डिफेन्सको उपाधी सुदिप घर्तीले पाएका थिए । प्रतियोगितामा प्रथम मधुवन नगरपालिकाले एक लाख र दोस्रो बाँसगढी नगरपालिकाले ६० हजार राशी पुरुस्कार सहित सिल्ड पाएको थियो ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न