लागू औषध चारेसहित वर्दियामा २ पक्राउ
लुम्बिनी पत्र। बर्दिया प्रहरीले २ जनालाई लागू औषध चरेश सहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा नगरपालिका ६का सृजन बि क र कल्पना बुढामगर पक्राउ परेका हुन्। उनीहरुलाई बढैया ताल २ फुटाहा बाट पक्राउ गरिएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। प्रहरी चौकी जमुनाहाका प्रहरी नायब निरीक्षक धन बहादुर के सीको कमाण्डमा रहेको टोलीले विकबाट ८ किलो र बुढामगर बाट ९किलो गरी १७ किलो चरेस बरामद गरेको प्रहरी निरीक्षक वली ले बताए। ताए। उनीहरुलाई भारतीय रुपैयाँ (भारु) ५ हजार र दुई थान मोबाइल सेट बरामद गरेको जनाएकोछ । उनीहरुलाईबरामद सामानसहित जिल्ला प्रहरी कार्यालयले मंगलबार सार्वजनिक गरेको छ ।
दाङबाट बर्दिया हुँदै भारतको बलैगाउॅबाट दिल्ली जान लागेका दुबै जनालाई कारबाहीका लागि लागूऔषध ऐनअनुसार मुद्दा दायर गरि प्रहरी हिरासतमा राखी थप अनुसन्धान जारी राखेको बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए।

Comments
Post a Comment