ओरेंस र नेचुरल वेल इन्टरप्राइजको नेटवर्क सदस्य पक्राउ

लु
म्बिनी पत्र। ठगी तथा संगठित अपराध मुद्दाका थप एक फरार महिला प्रतिवादी पक्राउ परेकी छिन्। भारतिय कम्पनी ओरेन्सले लखिमपुरमा Natural well enterprises नामक शाखा खोली नेपालका सर्वसाधारण जनताहरुलाई ठगी गरी नेपालमा नेटवर्किङ व्यवसाय संचालन गरी ठगी गरिरहेको गिरोह मध्यका फरार प्रतिवादी  पक्राउ परेकी हुन्।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.५ बस्ने बर्ष २१ कि रितिका चौधरीलाई मिति  २०७६ मंसिर २१ गते जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.५ बाट पक्राउ गरिएको हो। पक्राउ परेकी उनलाई  ठगी तथा संगठित अरापध अन्तर्गत आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दिया का  प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। भारतिय कम्पनी ओरेन्सले लखिमपुरमा Natural Well Enterprises नामक शाखा खोली नेपालका सर्वसाधारण जनताहरुलाई ठगी गरी नेपालमा नेटवर्किङ व्यवसाय संचालन गरी ठगी गरिरहेका सातजना लाई बर्दिया प्रहरी यस अघि पक्राउ गरेका सात जनालाई हिरासतमा राखी आवसेक अनुसन्धान जारी राखेको र अनुसन्धान अन्तिम चरणमा रहेको बर्दिया प्रहरी प्रमूख राजेश नाथ बास्तोलाले बताए।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न