११ नम्बर वडा कार्यालय गणेशपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनायो
लुम्बिनी पत्र। ११ नम्बर वडा कार्यालय गणेशपुर गुलरिया, जिल्ला प्रहरी कार्यालय बर्दिया समुदाय प्रहरी साझेदारी कार्यक्रम, गणेशपुर प्रहरी चौकी लगायतको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विविध कार्यकम गरी मनाईएको छ।
वडा अध्यक्ष रामनारायण प्रसाद केशरीको अध्यक्षता, प्रहरी निरीक्षक लक्ष्मण ओलीको प्रमुख आतिथ्यतामा भएको कार्यकम अन्तर्गत गणेशपुर चोक देखि वडा कार्यालय सम्म सचेतनामुलक रेली गरिएको सुआहारा २ की भगवती लामिछानेले बताइन्। रेल्लिमा महिला,विद्यार्थी, प्रहरी,जनप्रतिनिधि गरी १५० जनाको सहभागिता रहेको थियो। कार्यकममा लागु औषध, घरेलु तथा लैंगिक हिंसा,मानव वेचविखन, बाल विवाह नियन्त्रणका गर्न सामूहिक प्रतिवद्दता जनाइएको छ। 

Comments
Post a Comment