मानव वेचविखन नियन्त्रणका लागि बर्दियाका सञ्चारकर्मीसँग अन्तर्क्रिया सम्पन्न

लुम्बिनी पत्र । हाम्रो आवाज चलेबेटी बेचबिखनबाट मुक्त समाज भन्ने मूल आदर्शका साथ काम गरिरहेको माइती नेपालले बर्दियाका सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गरेको छ। फ्री अ गर्ल को सहयोग र नेपाल पत्रकार महासंघ बर्दियाका समन्वय मा मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गरिएको हो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालको अध्यक्षतामा भएको कार्यकममा माइती नेपाल गुलरिया कार्यकम संयोजक गायत्री रिमालले मानव बेचबिखन को अवस्था बारे तथ्याङ्क प्रस्तुत गर्दै मानव  बेचबिखन नियन्त्रणका लागि सञ्चार कर्मीहरुको विशेष कलम चलाउनु पर्ने बताइन्।  
अध्यक्ष धितालले मानव वेचविखन जस्तो जघन्य अपराध नियन्त्रण गर्न  सञ्चार माध्यमहरुलाई व्यापक परिचालन गर्न आग्रह गरे। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न