स्थानीय तहले शिक्षा, स्वास्थ्य र रोजगारी, उत्पादनमूलक क्षेत्रमा काम गर्नुपर्ने

लुम्बिनी पत्र। पूर्व गृहमन्त्री तथा संघीय सांसद जनार्दन शर्मा प्रभाकरले  शिक्षा, स्वास्थ्य र रोजगारी तथा उत्पादनमूलक क्षेत्रमा मात्र काम गर्न स्थानीय तहहरुलाइ आग्रह गरेका छन्। बर्दिया जिल्लाको मधुवन नगरपालिकामा तेस्रो विद्यालय अन्तर मेयर कप तथा १२ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको खेलाडी छनौट कर्यक्रमको उद्घाटन गर्दै उक्त  बर्दियाको कृषिमा आधुनिकीकरण गरी छिटोछरितो समृद्धि हासिल गर्न गराउन संघ, प्रदेश र स्थानीय सरकार हरुलाई सुझाव दिए। संघीय सरकारले पनि कृषिमा आधुनिकीकरण गर्ने  काम बर्दियाबाट नै सुरुवात गर्ने लक्ष्य राखेको उनको भनाइ छ।   खेल राष्ट्रियताको प्रतिक रहेको र खेलले गतिशिलता, अनुशासन, सिर्जनशीलता, बौद्धिकताको बिकास गर्ने बताउँदै  पूर्व गृहमन्त्री शर्माले राष्ट्रको पहिचान र समृद्धितर्फ डो–याउने खुट्किलो माध्यम खेलकुद रहेको बताए।
खेलको प्रतिस्पर्धा मैत्रीपूर्ण र स्वस्छ रहेकोले शिक्षण सिकाई तथा शैक्षिक उन्नतीमा पनि खेलकुदमा सघाउ पु–याउने उनको भनाइ छ।
कार्यक्रममा पुर्व पशुपंक्षी बिकास मन्त्री तथा संघीय सांसद सन्तकुमार थारुले खेलकुदको बिकासका लागि विद्यालय तहबाट नै सुरुवात गर्नुपर्ने बताउदै  खेलको बिकास गर्नको लागि पाठ्यक्रम नै निर्माण गरेर विद्यालय हरु अघि बढ्नु पर्ने बताए।  कार्यक्रममा संघीय सांसद विमला बिकले खेल क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको 
बताउँदै अहिले स्थानीय तहदेखि केन्द्रसम्म खेल क्षेत्रको बिकासका लागि कार्यक्रमहरु भइरहेको बताइन्।बिगतका बर्षहरुमा शिक्षासंगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर अगाडि बढेको मधुवन नगरपालिकाले खेलकुदका बिभिन्न गतिविधि पनि गर्दै आएको छ । मंसिर २६ गतेबाट सुरुभएको मेयर कप प्रतियोगिता मङ्सिर ३० गतेसम्म कार्यक्रममा मधुवन नगरपालिकाका २८ वटा सामुदायिक तथा संस्थागत विद्यालय प्रतियोगितामा भाग लिरहेको र प्रतियोगितामा फुटबल,भलीबल,एथलेटिक्स गरी १९ खेल सामेल रहेको प्रमुख प्रशासकिय अधिकृत गोपाल राज तिमिल्सिनाले बताए।
कार्यकम प्रदेश सांसद तिलक राम शर्मा हिमाल, राजेश थारु,बार बर्दिया नगर प्रमुख दुर्गा बहादुर थारु कबीर लगायतहरू अथिति को रूपमा उपस्थिति थियो ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न