दुर्घटनामा शिशुसहित २ जनाको मृत्यु

लुम्बिनी पत्र । सुत्केरी बोकेर दाङतर्फ जाँदै गरेको एम्बुलेन्स र ट्रक आपसमा ठोकिँदा बाँकेमा आज एक ३ दिने शिशुसहित २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको शम्शेरगन्जस्थित जिरोमा दाङतर्फ जाँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्स र पश्चिमतर्फ आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक आपसमा ठोकिँदा २ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका अनुसार शिशुको घटनास्थलमा र एम्बुलेन्स चालक सल्यान घर भएका २८ वर्षीय चित्र सुनारको उपचारका क्रममा शिक्षण अस्पताल कोहपुरमा मृत्यु भएको हो । दुर्घटनामा मालती खड्का गम्भीर घाइते छिन् भने उनका श्रीमान तिलकराम खड्कालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न