बर्दिया निर्माण व्यवसायी संघले महिला कैदीबन्दीका लागि एलइडी टेलिभिजन र खेलकुद सामग्री दियो
लुम्बिनी पत्र। कारागार कार्यालय बर्दियामा रहेका महिला कैदीबन्दीले ३२ इन्चको एलइडी एक थान टेलिभिजन पाएका छन् ।
१२औं निर्माण दिवसको उपलक्ष्यमा बर्दिया निर्माण व्यवसायी संघले महिला कैदीबन्दीका लागि ५० हजार बराबरको ३२ इन्चको सी जी एलइडी टेलिभिजन र खेलकुद सामग्री हस्तान्तरण गरेको हो।
कारागारभित्रै आयोजित कार्यक्रममा बर्दिया निर्माण व्यवसायी संघका अध्यक्ष भेषराज पौडेल, प्रदेश सदस्य विमल के सी, महासचिव हेमन्त प्रकाश गिरी, पूर्व अध्यक्ष अनिल के सी, ले बर्दिया कारागारका जेलर डिल्लीराज पौडेल मार्फत कैदीबन्दीलाई टेलिभिजन हस्तान्तरण गरेका थिए।
कैदी बन्दीहरुलाई सूचनामा पहुंच बढाउन र खेल मार्फत स्वस्थ बनाउन सो सामग्री वितरण गरिएको अध्यक्ष भेषराज पौडेलले बताए।


Comments
Post a Comment