युवा उद्यमी,समाजसेवी,निर्माण व्यवसायी के सी सम्मानित

लुम्बिनी पत्र।बर्दियामा समयमा निर्माण सम्पन्न गर्ने युवा उद्यमी,समाजसेवी,निर्माण व्यवसायीलाई सम्मान र पुरस्कृत गर्ने परिपाटी सुरु भएको छ। निर्माण व्यवसायी संघ ५ नम्बर प्रदेश सदस्य युवा उद्यमी समाजसेवी विमल के सी सम्मानित भएका छन् । बर्दियाको मधुवन नगरपालिका ३ ओराली बजारमा सडक निर्माण कार्य समय अगाबै सम्मपन्न गरेको र ५०० मिटर सडक निःशुल्क बनाएको वडा कार्यालय ले  सम्मान गरेको हो ।
केसीलाई वडा अध्यक्ष नारायण मल्लले सम्मान गरेका हुन् । सडकको श्कन्र्टशन गुलरियाले निर्माण कार्य सम्पन्न गरेको हो । के सी ले आफ्नो तर्फबाट व्यक्तिगत लगानीमा ५ लाख लगानी गरी माटो पटान तथा ग्रावेल गरी सडक निर्माण गरिदिएका थिए। काम सम्पन्न नगर्ने परिपाटिको अत्य गर्नको लागि काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्नु पर्छ भन्ने परिपाठीको सुरुवात गर्न के सी लाई सम्मान गरिएको अध्यक्ष मल्लले बताए। निर्माण कार्य जिम्मा लिने तर बिभिन्न वाहना बनाएर तोकिएको समयमा काम सम्पन्न नगर्दा बर्दियामा दर्जनौ योजनाहरु अलपत्र छन् ।
समयमै सडक निर्माण गरेको भन्दा निर्माण कम्पनीका प्रमुख के सीलाई वडा अध्यक्ष मल्लले सम्मान समेत गरेका हुन् । के सीले समयमै काम सम्पन्न गरेर र निःशुल्क सडक बनाएर जनहितकारी काम गरी सम्मानित हुन पाउदा खुसी लागेको बताए । उनले यो सम्मानले आगामी दिनमा पनि अन्य ठाउँमा तोकिएको समयमै काम सम्पन्न गर्नु पर्छ भन्ने प्रेरणा मिलेको बताए । समयमा निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान र पुरस्कृत गर्ने परिपाटीले काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई पनि केहि हद सम्म दवाव दिने छ ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न