पत्रकार महासंघ प्रदेश कार्यसमितिका पदाधिकारीहरु बर्दियामा

लुम्बिनी पत्र। नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश कार्यसमितिका पदाधिकारीहरु बर्दिया पुगेका छन्।  यही पुस १६ र १७ गते बर्दियाको ठाकुरद्वारामा आयोजना हुने नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिको साधारण सभाको तयारीका लागि प्रदेश अध्यक्ष मौसम रोक्का मगर,महासचिव भेषराज बस्नेत, कोषाध्यक्ष गणेश वली सहितको टोली बर्दिया पुगेको हो। प्रदेश अन्तर्गतका १२जिल्लाको नेपाल पत्रकार महासंघको संस्थागत विकास,सुशासन, विकास गतिविधि पत्रकार आचारसंहिता बारे पनि  साधारण सभाले महत्त्व पूर्ण निर्णय गर्ने महासचिव भेषराज बस्नेतले बताए। विश्वकै प्रमुख पर्यटकिय गन्तव्य मानिएको बर्दिया राष्टिय निकुञ्ज लगायत वर्दियामा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि बर्दियाको ठाकुरद्वारामा भेला राखिएको अध्यक्ष मौसम रोक्का मगरले बताए। भेलामा केन्द्र र प्रदेश कार्यसमितिका पदाधिकारीहरु, १२ जिल्लाका  जिल्ला कार्यसमितिका पदाधिकारी , प्रदेश पार्षद गरी ५०० जना पत्रकारहरुको सहभागिता हुनेछ। वर्दियामा नेपाल पत्रकार महासंघको प्रदेश साधारण सभा हुनु बर्दियाली पत्रकार,व्यवसायी, नेतागण, जनप्रतिनिधि,राष्ट्रसेवक कर्मचारी सबैको  गौरवको विषय भएकाले स्थानीय सबैले सहयोग गर्नुपर्ने नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले बताए।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न