रेडक्रस बर्दियाद्वारा गुलरिया आपतकालीन केन्द्रलाई सहयोग

लुम्बिनी पत्र। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले गुलरिया नगरपालिकामा रहेको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई सामग्री सहयोग गरेको छ।  बिश्व खाद्य कार्यकमको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बर्दियाले सो सहयोग प्रदान गरेको हो।
रेडक्रस जिल्ला शाखा सभापति कृष्ण प्रसाद गौतमले गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव,प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र पौडेललाई पुस ८ गते ति सामग्रीहरू हस्तान्तरण गरेका हुन्। पुर्व अनुमानमा आधारित पुर्व तयारी कार्यकम अन्तर्गत स्थानिय आपतकालिन कार्य संचालन केन्द्र लाइ सामाग्री हस्तान्तरण कम्प्युटर, स्मार्ट एल ई डी टीवी र लाईफ जाकेट,खोज तथा उद्धार सामग्री हस्तान्तरण गरिएको जिल्ला शाखा अधिकृत हरि के सी ले बताए।  

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न