सरकारी सम्पत्तिको सदुपयोग गर्न कर्मचारीहरुलाई प्रजिअ लामिछाने को निर्देशन
लुम्बिनी पत्र । बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले इमान्दार भई छिटोछरितो सुशासन युक्त, जनमैत्री र गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्। राजापुर गेरुवा क्षेत्रका बैंक वित्तीय संस्था सरकारी कार्यालयका कर्मचारीहरुसँगको बैठक तथा परिचयात्मक कार्यकमलाई इलाका प्रशासन कार्यालय राजापुरमा सम्बोधन गर्दै प्रजिअ लामिछानेले समय पालना गरी ढिलासुस्ती नगरी अनुशासित भई प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिए। सरकारी सम्पत्तिको संरक्षण,हिफाजत र सदुपयोगमा ध्यान दिन कर्मचारीहरु लाई निर्देशन दिँदै प्रजिअ लामिछानेले व्यक्तिगत सम्पत्ति जस्तै सार्वजनिक सम्पतिलाई माया गर्नुपर्ने बताए। कार्यालय र कर्मचारीको सुरक्षा , भौतिक सम्पत्ति , दरबन्दी र पदपूर्ति बारे जानकारी लिँदै प्रजिअ लामिछानेले सार्वजनिक सम्पत्तिको सुरक्षामा ध्यान दिन स्थानीय तहको ध्यानाकर्षण गराए। सार्वजनिक जग्गाको व्यवस्थापन, बजार अनुगमन, नदीजन्य पदार्थको उचित व्यवस्थापनमा स्थानीय तहका कर्मचारीहरुले ध्यान दिनु पर्ने भन्दै प्रजिअ लामिछानेले एक रुपियाँ पनि बेरुजु नराख्न सुझाव दिए।आउन भएन। आफूले स्थानीय तहसग शान्ति सुरक्षा विकास निर्माण बारे नियमित अन्तरक्रिया गरिरहेको बताउँदै उनले कर्मचारी हरु बिच नियमित समन्वय बैठक गर्न सुझाव दिए । कार्यकममा कर्णाली नदी व्यवस्थापन आयोजनाका प्रमुख केदार कुमार श्रेष्ठ, आधुनिक चामल कारखाना प्रमुख रेवन्त रावल, महालक्ष्मी बैंकका मणिराज रेग्मी कृषि विकास बैंकका प्रबंधक शंकर थारु , विद्युत कार्यालयका सशी कन्त तिवारी , धान सुपर जोनका प्रमुख तपेन्द्र बहादुर शाह, गेरूवा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत काशी प्रसाद पंगेनी, राजापुर नगरपालिका का लेखा अधिकृत वसन्त मल्ल लगायतले आ आफ्नो कार्यालयको गतिविधि बारे जानकारी गराए । कार्यकम मा बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोला, राष्ट्रिय अनुसन्धानका उप निर्देशक योगेन्द्र के सी , इलाका प्रशासन कार्यालय राजापुर का प्रमुख सुनिल दत्त, सञ्चारकर्मीहरु यम घिमिरे, यादव आचार्य, निर्मल घिमिरे लगायतको उपस्थिति थियो।

Comments
Post a Comment